Acts 2:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्ना पापलाई मानिलिएर छोड्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुहोस् र तपाईंहरूले परमेश्वरको वरदान पवित्र आत्मालाई पाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनछौ।
Nepali Tamang 2011
पत्रुससे थेनीगदेदा चुह्रङ् भिसी जोहाब पिन्जी, “दाहेन्से एनीगदेसे ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगो। ओच्छे पाप माफ याङ्बाला लागिरी एनीगदेसे येशू ख्रीष्टला मिनरी बप्तिस्मा किन्गो। जमाहेन्से एनीगदेसे परमेश्वरला आत्माला मोलम याङ्ला।