Acts 2:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरूले अचम्मका कामहरू गर्दै धेरै चिन्हहरू देखाउँदथे। त्यसो हुँदा मानिसहरूले परमेश्वरको डर मान्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेरितहरूद्वारा धेरै अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे।
Nepali Tamang 2011
मुल चेलागदेसे ल्हानान उदेकला गेगदेदेन उदेकला चिनुगदे उन्जी। थेतबासेलमा जम्मान म्हिगदेसे परमेश्वरदा ल्हानान मान लजी।