Acts 20:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्रोआसबाट पावलबाहेक हामी सबै पानीजहाज चढेर अस्सोस सहरमा गयौं। पावललाई चाहिँ अस्सोससम्म हिँडेर जाने इच्छा भएकोले उनले आफूलाई अस्सोसमा मात्रै पानीजहाजमा चढ्ने बन्दोबस्त गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी अघिबाटै जहाजसम्म गयौं र जहाजमा चढ़ी हामी अस्सोस गयौं। हामी पावललाई त्यहाँ जहाजमा चढ़ाउन चाहन्थ्यौं। पावलले यस्तै बन्दोबस्त गरेर तिनी अस्सोससम्म पैदलै गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौँ, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौँ। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसंग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए।
Nepali Tamang 2011
त्रोआसग्याम पावल बाहेक ङनी जम्मान पानी जहाजरी क्रेःसी अस्सोस भिबा शहररी निजी। पावलसे चा अस्सोसधोना भ्रसी निबा सेम लबासे लमा थे अस्सोसधोना भ्रसी निजी। ओच्छे अस्सोसग्याम चा ङन्देन छ्यामनोन पानी जहाजरी क्रेःसी निबा पावलला सेम मुबा।