Acts 20:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एशियामा अलमल हुन्छ भनेर पावल एफिसस सहरमा नपस्ने निधो गरे किनभने उनलाई यरूशलेममा पुग्न हतार भएको थियो। उनले पेन्तिकोसको चाडमा सकेसम्म पुग्ने इच्छा राखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्चय गरे। किनभने सम्भव भए पेन्तिकोसको दिन यरूशलेममै पुग्ने तिनले आतुरी गरिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए; किनकि सम्भव भएसम्म पेन्टिकोस्ट पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे।
Nepali ERV (पवित्र बाइबल)
पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोस पर्वमा यरूशलेममा हुन् चाहन्थे।
Nepali Tamang 2011
पावलसे एशियारी चिबा सेम आलबासे लमा एफिससरी आवाङ्नान निबा सेम लजी। तिग्दा भिसम पावलसे खम्तेधोना पेन्तिकोसला धिनरी यरूशलेमरीन दोबारी भङ लबान मुबा।