Acts 20:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि मेरो जीवन आफ्नै लागि त कुनै मूल्यको छैन। म खालि यति मात्र चाहन्छु कि परमेश्वरले मानिस जातिलाई अनुग्रह गर्नुभएको छ भन्ने सुसमाचार फैलाउने कामलाई म पूरा गर्न सकूँ, जुन कामचाहिँ प्रभु येशूले नै मलाई अह्राउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।
Nepali ERV (पवित्र बाइबल)
म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।
Nepali Tamang 2011
तसैनोन ङाइ ह्राङला ज्यानदा घ्रेन म्हन्बा आरे, तिग्दा भिसम परमेश्वरला दयामायाला बारेरी थार्बा पिन्बा समाचार थेःना लबादेन प्रभु येशूसे ङादा पिन्बा गे जिन्ना लखम्गै भिबा ङाला सेम मुला।