Acts 20:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तपाईंहरू आफैंले आफ्नो हेरचाहा गर्नुहोस् अनि पवित्र आत्माले तपाईंहरूलाई जिम्मा लगाउनुभएका बगालहरूको पनि हेर-विचार गर्नुहोस्। परमेश्वरको मण्डलीको राम्रो गोठाला हुनुहोस् किनभने प्रभु येशूले ती मानिसहरूलाई आफ्नै रगत बगाएर किन्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्नुभएको छ; परमेश्वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू आपै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।
Nepali Tamang 2011
“दाहेन्से ह्राङ ह्राङलान लागिरी ओच्छे परमेश्वरला आत्मासे ह्राङनीदा जिम्मा पिन्बा ग्युगदेला लागिरी होशियार तसी चिउ। परमेश्वरला मण्डलीदा ज्यना लसी च्याबा म्हि दोगो, तिग्दा भिसम प्रभु येशूसे थे म्हिगदेदा ह्राङलान कासे ग्लुबा मुला।