Acts 20:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब म तपाईंहरूलाई परमेश्‍वरको हातमा जिम्‍मा लाउँदै छु र उहाँकै अनुग्रहले भरिएको सन्‍देशको भरमा छोडिदिन्‍छु, जसद्वारा परमेश्‍वरले तपाईंहरूलाई विश्‍वासमा बलियो बनाइरहनुहुन्‍छ र आफ्‍ना मानिसहरूलाई आशिष्‌को भागीदार बनाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँका अनुग्रहको वचनमा सुम्‍पिदिन्‍छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्‍छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ।
Nepali ERV (पवित्र बाइबल)
“अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।
Nepali Tamang 2011
“दाहेन्‍से ङाइ ह्राङनीदा परमेश्‍वरदेन थेला दयामायाला बचनरी जिम्‍मा पिन्‍ना, थे बचनसेन ह्राङनीदा विश्‍वासरी कोङ्‌ना लला, ओच्‍छे परमेश्‍वरसे ह्राङला लागिरी फेसी थान्‍बा म्‍हिगदेसे याङ्बा हक एनीगदेसेनोन याङ्ला।