Acts 20:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइतबार बेलुकी हामी त्‍यहाँ भएका प्रभुका चेलाहरूसँग प्रभु-भोज खानको लागि जम्‍मा भयौं। पावलले तिनीहरूका सामु बोल्‍न लागे। भोलिपल्‍ट जानुपर्ने भएकोले आधा रातसम्‍म उनी बोल्‍दैरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हप्‍ताको पहिलो दिनमा जब हामी रोटी भाँच्‍नलाई जम्‍मा भयौं, तब पावलले चाहिँ भोलिपल्‍ट जाने इच्‍छा गरेका हुनाले, तिनीहरूसँग मध्‍यरातसम्‍म बातचीत गरिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हप्‍ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौँ। ती सबैलाई पावलले प्रचार गरे। अनि भोलिपल्ट त्यो सहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे।
Nepali ERV (पवित्र बाइबल)
सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसंग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे।
Nepali Tamang 2011
साताला ङाच्‍छाकुनु ङनी प्रभु भोज चबारी पोप तजी, ओच्‍छे पावल चा न्‍हङगरदङनोन निबा सेम लबासे लमा थेनीगदेदेन छ्‌याम म्‍हुन गङसलधोना ताम लसी चिजी।