Acts 20:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झ्यालमा युटिकस भन्ने एउटा केटो बसिरहेको थियो। पावल बोल्दाबोल्दै त्यो केटो निदाएर झुल्न थाल्यो। यसरी झुल्दाझुल्दै ऊ पूरै निदाएछ र माथिको तेस्रो तलाबाट तल जमिनमा खस्यो। उसलाई उठाउन जाँदा ऊ मरिसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले धेरै बेरसम्म कुरा गरिरहँदा त्यो गहिरो निद्रामा पर्यो र निद्राको वशमा परी त्यो तेस्रो तलाबाट खस्यो र त्यसलाई तिनीहरूले मृत अवस्थामा उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस कोठाको झ्यालमा युटिकस नामको एक जना युवक बसिरहेको थियो। जब पावलले लामो समयसम्म वचन बोलिरहेका थिए, तब त्यो युवक गहिरो निद्रामा पर्यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पारयो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको खिडकीबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब उ मरिसकेको थियो।
Nepali Tamang 2011
युटिकस भिबा भ्योन म्हि चा झ्यालरी चिबा मुबा। पावलसे ल्हानान धुइधोना ताम लबासे लमा थेदा म्हेर्बा खसी छुप निजी। थेतबासेलमा थे तला सोमग्यामसे ताइजी, थेनीगदेसे थेदा थीमा सिसी जिन्बा स्याप्जी।