Acts 21:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफिसस मण्डलीको अगुवाहरूसँग बिदा भएपछि हावा राम्ररी चलेकोले हामी पानीजहाजबाट सीधै कोस भन्‍ने टापुमा आइपुग्‍यौं। भोलिपल्‍ट रोडस टापुमा पुग्‍यौं अनि त्‍यहाँबाट पटारा सहरमा आइपुग्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्‍ट रोडसमा र त्‍यहाँबाट पटारामा आइपुग्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं।
Nepali Tamang 2011
थेनीगदेग्‍याम फेसी ङनी पानी जहाजरी क्रेःसी सोजोन कोस भिबा ग्‍लारी खजी, ओच्‍छे न्‍हङगरदङ रोडस भिबा ग्‍लारी धोखजी थेग्‍याम पटारा भिबा ग्‍लारी धोखजी।