Acts 21:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले पावलको पटुका लिएर आफ्ना हात र खुट्टा बाँधेर भने, “पवित्र आत्माले यसरी भन्नुहुन्छ, यरूशलेम गए भने यहूदीहरूले यो पटुकाको धनीलाई यसै गरी बाँध्नेछन् र अरू जातिका हातमा सुम्पनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।”
Nepali Tamang 2011
थे अगमवक्ता ङनी मुबा ग्लारी खसी पावलला केः किन्सी ह्राङलान काङ या खीजी। थेसे “चु केः जुन म्हिला हिन्ना थेदा यरूशलेमरी यहूदीगदेसे चुह्रङ्नोन लसी खीला। ओच्छे अर्गु य्हुलला म्हिगदेला यारी जिम्मा पिन्ना भिसी परमेश्वरला आत्मासे सुङ्बा मुला” भिसी भिजी।