Acts 21:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले भने, “तिमीहरू किन यसरी रोएर मेरो मन खिन्‍न बनाउन खोज्‍दै छौ? म यरूशलेममा बाँधिन मात्र होइनँ, तर मेरो प्रभुको निम्‍ति मर्न पनि तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्‍ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”
Nepali ERV (पवित्र बाइबल)
तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”
Nepali Tamang 2011
तर पावलसे थेनीगदेदा “तिग्‍दा एनीगदे क्रासी ङाला सेम क्राना लबा? प्रभु येशूला लागिरी ङा झ्‍याल्‍खानरी चिबा जे आहिन, तर यरूशलेमरी सिबारीनोन तयार मुला” भिसी जोहाब पिन्‍जी।