Acts 21:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेटघाट गरेपछि पावलले अन्य-जातिको बीचमा सुसमाचार प्रचार गर्दा परमेश्‍वरले कस्‍तो-कस्‍तो कामहरू गर्नुभयो, यी सबै उनीहरूलाई बताइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई अभिवादन गरेपछि, पावलले तिनको सेवकाइद्वारा अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्‍वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।
Nepali Tamang 2011
थेनीगदेदा लास्‍सो फ्‍याफुल्‍ला भिसी पाङ्माहेन्‍से पावलसे थेनीगदेदा ह्राङसे लबा गेग्‍याम अर्गु य्‍हुलला म्‍हिगदेला गुङरी परमेश्‍वरसे खाह्रङ्बा गेगदे लजी भिबा जम्‍मान ताम थेनीगदेदा पाङ्जी।