Acts 21:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भाकल गरेको समय सकियो। अब तपाईं तिनीहरूलाई लिएर मन्‍दिरमा गएर शुद्ध हुने काममा भाग लिनुहोस्। खर्चहरूचाहिँ तपाईंले तिरिदिनुहोस् र तिनीहरूको कपाल खौरन लगाउनुहोस्। यसरी तपाईंले व्यवस्था मानेको देखेर तपाईंलाई लगाएको दोष साँचो होइन रहेछ भनेर सबैले थाहा पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरूलाई लिएर तपाईं पनि यिनीहरूका साथसाथै शुद्ध हुनुहोस्, र यिनीहरूलाई चाहिने खर्च तपाईंले भरिदिनुहोस्, र यिनीहरूले कपाल खौरून्‌। यसरी तपाईंले व्‍यवस्‍था पालन गर्नुभएको देखेर तपाईंको विषयमा सुनेको कुनै कुरो सत्‍य रहेनछ भनी सबैले थाहा पाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्‍लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसंगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।
Nepali Tamang 2011
चुगदेदा भोर्सी ह्राङएनोन चुगदेदेन छ्‌यामनोन चोख्‍याब तउ, ओच्‍छे चुगदेदा तोःबा खर्च ह्राङसेन युसी पिन्‍गो। जमाहेन्‍से चुगदेसे क्रा भ्रेगै। ह्राङसे चुह्रङ् लसी मोशासे पिन्‍बा ठिम अन्‍छार लबा म्राङ्सी ह्राङला बारेरी चुगदेसे थेःबा जम्‍मान ताम सत्‍य आहिन्‍बा चीम भिसी था याङ्ला।