Acts 21:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट पावल ती चार जना मानिसहरूलाई लिएर शुद्ध हुने उपवास मान्न मन्दिरमा गए। उनले तिनीहरूसँगै शुद्ध हुने उपवास पनि मनाए। त्यसपछि पावल शुद्ध हुने उपवासको भाकल पूरा गरेर बलि चढाउने दिन कहिले हो भनी पूजाहारीलाई थाहा दिन मन्दिरभित्र पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पावलले ती मानिसहरूलाई लगे, र भोलिपल्ट तिनीहरूका साथसाथै आफूलाई पनि शुद्ध गराए, र शुद्धीकरणका दिनहरू कहिले पूरा हुने हो, तथा हरेकको निम्ति दिइने भेटीको सूचना दिन तिनी मन्दिरभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्ने जानकारी दिन उनी मन्दिरमा गए।
Nepali ERV (पवित्र बाइबल)
पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिंइने त्यसको उद्घोषणा गर्न तिनी मन्दिरभित्र गए।
Nepali Tamang 2011
जमाहेन्से न्हङगरदङ थे म्हि ब्लिदा भोर्सी ह्राङदाएनोन थेनीगदेदेन छ्यामनोन चोख्याब लजी, ओच्छे चोख्याब लबा धिन खाइमा जिन्ना भिबादेन थे म्हिगदेला लागिरी बलि खाइमा फुल्बा भिसी परमेश्वरला मन्दिररी पूजा लबा म्हिदा पाङ्बारी पावल परमेश्वरला मन्दिर न्हङरी वाङ्जी।