Acts 21:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिच्‍च्‍याउँदै भन्‍न लागे, “आओ, आओ, इस्राएली दाजुभाइहरू हो, मद्दत गर। यही मानिस हो, जताततै गएर हामी इस्राएलीहरूको विरोधमा बोल्‍ने! मोशाको व्यवस्था नमान्‍नू अनि मन्‍दिरमा पूजा पनि नगर्नू भनी सिकाउने यही हो। अझै त्‍यसमाथि यसले अरू जातिका मानिसहरूलाई मन्‍दिरमा पसाएर यस पवित्र ठाउँलाई पनि अपवित्र पारिदिएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू यसो भन्‍दै कराउन लागे “इस्राएलका मानिस हो, सहायता गर्नुहोस्‌! मानिसहरूलाई जताततै हाम्रो जाति, हाम्रो व्‍यवस्‍था र यस ठाउँको विरुद्धमा शिक्षा दिई हिँड्‌ने मान्‍छे यही हो। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्‍दिरभित्र ल्‍याएर यस पवित्र ठाउँलाई अशुद्ध पारिदिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि चिच्याउँदै भन्‍न लागे, “हे इस्राएलका मानिसहरू हो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यही मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!”
Nepali Tamang 2011
थेनीगदेसे क्रिङ्‌बान, “इस्राएलला म्‍हिगदे ङन्‍दा ह्रो लउ। तिग्‍दा भिसम खानङदमान य्‍हाङला य्‍हुलला म्‍हिगदेदेन य्‍हाङला ठिम ओच्‍छे चु ग्‍लाला बिरोध लसी लोप्‍सी भ्रबा म्‍हि चुनोन हिन्‍ना। चुदे जे आहिन, चुसे परमेश्‍वरला मन्‍दिररी अर्गु य्‍हुलला म्‍हिगदेदा भसी चु चोखो ग्‍लादा नइबा तना लबा मुला” भिसी भिजी।