Acts 21:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी साइप्रस टापुको नजिकै भएर त्यसैको दक्षिणतिरबाट सिरिया इलाकातिर लाग्यौं। टुरोस सहरमा चाहिँ पानीजहाज मालसमान उर्तानलाई रोकियो। त्यसो हुँदा हामी पनि ओर्लियौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब साइप्रस देखा पर्यो, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्यहाँ उतार्नुपरेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।
Nepali Tamang 2011
साइप्रस भिबा ग्ला म्राङ्माहेन्से थे ग्लाला देब्रेपट्टिग्याम ङनी सिरियापट्टि निसी टुरोस भिबा ग्लारी फाप्जी। तिग्दा भिसम पानी जहाजरी भबा मालसामान थेरी तेःतोःबा मुबा।