Acts 21:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर भीडमा भएका मानिसहरू कसैले एक थोक भने त कसैले अर्कै थोक। यसरी सेनापतिले झगडाको खास कुरा थाहै पाउन सकेनन्। त्‍यसो हुँदा उनले पावललाई सिपाहीहरू बस्‍ने किल्‍लामा लान हुकुम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस भीड़मध्‍ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्‍यस होहल्‍लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्‍यारेकमा लैजानू भनी आज्ञा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्‍चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए।। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।
Nepali Tamang 2011
तर थेरी मुबा म्‍हिगदे न्‍हङरी कोइसे तिग ताम लसी क्रिङ्सी हल्‍ली खल्‍ली लबासे लमा थेसे थे घटनाला बारेरी तिगै आघोनी। थेतबासेलमा थेसे पावलदा सिपाहीगदेला ब्‍यारेकरी भोर्गो भिसी कुल्‍जी।