Acts 21:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भने, “होइन हजुर! म त किलिकियाको टार्सस सहरमा जन्‍मिएको यहूदी हुँ। म त्‍यही नाउँ चलेको सहरको एउटा नागरिक हुँ। दया गरी मलाई यी मानिसहरूको अगाडि केही कुरा बोल्‍न दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले जवाफ दिए, “म त किलिकियाको सहर टार्ससको एक यहूदी मानिस हुँ, सानोतिनो सहरको नागरिक होइनँ। बिन्‍ती छ, यी मानिसहरूलाई केही भन्‍ने मलाई मन्‍जूरी दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसंग बोल्न दिनुहोस्।”
Nepali Tamang 2011
तर पावलसे “ङा मी किलिकिया भिबा ग्‍लाला टार्सस भिबा शहरला यहूदी हिन्‍ना, ङा जजाबा शहरला म्‍हि आहिन। थेतबासेलमा ङादा चु म्‍हिगदेदा तिगै पाङ्‌पुङ्‌गो” भिसी बिन्‍ती लजी।