Acts 21:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यहाँ बस्ने प्रभुका चेलाहरूलाई भेट्न गयौं र एक हप्तासम्म उनीहरूसँगै बस्यौं। पवित्र आत्माबाट अगुवाइ पाएर उनीहरूले पावललाई यरूशलेम नजान बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्यहाँ बस्यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्माद्वारा भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हामी त्यहाँ बस्ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसंगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए।
Nepali Tamang 2011
ओच्छे प्रभुदा विश्वास लबागदेदा म्हाइसी स्याप्माहेन्से ङनी निसरेधोना थेरीन चिजी। थेनोन धुइरी प्रभुदा विश्वास लबागदेसे परमेश्वरला आत्माग्याम पावलदा यरूशलेमरी थानिउ भिसी भिजी।