Acts 21:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनापतिले आज्ञा दिए अनि पावलले सिंढीमा उभिएर हातले मानिसहरूलाई शान्‍त हुने इशारा गरे। मानिसहरू शान्‍त भएपछि पावल हिब्रू भाषामा बोल्‍न थाले–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनले मन्‍जूरी दिए, तब भर्‍याङमा उभिएर पावलले मानिसहरूलाई हातले इशारा गरे। मानिसहरू बिलकुलै शान्‍त भएपछि, तिनले उनीहरूलाई हिब्रू भाषामा यसो भने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे:
Nepali ERV (पवित्र बाइबल)
सेनापतिले पावललाई मानिसहरूसंग बोल्नु अनुमति दिए। यसकारण उनी सिढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुनु भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसंग बोले। उनले यहूदी भाषामा तिनीहरूसंग बोले।
Nepali Tamang 2011
जमाहेन्‍से “तला” भिसी भिमाहेन्‍से पावल चामरी राप्‍सी म्‍हिगदेदा यासे चाल लजी, ओच्‍छे म्‍हिगदे कुटिसी चिजी। जमाहेन्‍से थेसे हिब्रू ग्‍योइरी चुह्रङ् भिसी पाङ्‌बारी छ्‌याइजी।