Acts 21:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि एक हप्‍ता जति बसेपछि हामी उनीहरूसँग बिदा भएर हिँड्यौं। त्‍यहाँका प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइ, दिदी-बहिनी र केटा-केटीहरूसमेत हामीहरूलाई सहरबाहिरसम्‍म पुर्‍याउन आए। हामीहरू सबैले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट हाम्रो हिँड्‌ने बेला भएपछि हामी बिदा भएर आफ्‍नो यात्रामा निक्‍लियौं। आफ्‍ना जहान र बालबच्‍चाहरूसमेत तिनीहरू जम्‍मै हामीलाई सहर बाहिरसम्‍म पुर्‍याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्‍यौं, र एक-अर्कासँग बिदा भयौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्‍याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्‍यौँ।
Nepali ERV (पवित्र बाइबल)
तर जब हामीले त्यहाँको भ्रमण शेष गर्‌यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।
Nepali Tamang 2011
थे ग्‍लाग्‍याम निबा धुइ तमाहेन्‍से ङनी थे ग्‍लाग्‍याम थोन्‍जी। ओच्‍छे थेनीगदेला कोलागदेदेन म्‍हेमेगदे क्‍योङ्‌सेन ङन्‍दा शहर मङग्‍यारधोना सबारी खजी। जमाहेन्‍से ङनी जम्‍मासेन समुन्‍द्रला कुनीरी पुइ जूसी प्रार्थना लजी।