Acts 21:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोस सहरबाट हामी टोलेमाइस सहरमा पुगेर पानीजहाजबाट ओर्लियौं। हामी त्‍यहाँ भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूलाई भेट्‍न गयौं र एक दिन तिनीहरूसँगै बस्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्‍यौं। त्‍यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसंग एकदिन बस्यौं।
Nepali Tamang 2011
टुरोसग्‍याम ङनी समुन्‍द्रला ग्‍याम तबान टोलेमाइस भिबा ग्‍लारी धोखजी। जमाहेन्‍से थेरी मुबा प्रभुदा विश्‍वास लबागदेदा स्‍याप्‍सी ङनी थेनीगदेदेन छ्‌याम तिरे चिजी।