Acts 21:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट त्‍यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्‍यौं। त्‍यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्‍यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्‍ये एक जना थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्‍यौं। तिनी ती सात जनामध्‍ये एक थिए, र हामी तिनीसँग बस्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए।
Nepali Tamang 2011
न्‍हङगरदङ ङनी थे ग्‍लाग्‍याम थोन्‍सी कैसरिया भिबा शहररी धोखजी, ओच्‍छे ङनी थार्बा पिन्‍बा समाचार थेःना लबा फिलिप भिबा म्‍हिला दिमरी वाङ्‌जी। थे फिलिप यरूशलेमरी धम्‍बा गोर निस न्‍हङला गिक मुबा।