Acts 22:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘हे प्रभु, अब म के गरूँ?’ प्रभुले मलाई भन्नुभयो, ‘उठेर दमस्कस सहरमा जाऊ, परमेश्वरले तिमीलाई खटाउनुभएको कामहरूको बारे तिमीलाई त्यहीँ नै बताइनेछ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले भने, ‘हे प्रभु, अब के गरूँ?’ अनि प्रभुले मलाई भन्नुभयो, ‘उठ, दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। “प्रभुले भन्नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’
Nepali ERV (पवित्र बाइबल)
मैले भने, मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’
Nepali Tamang 2011
“थेनोन धुइरी ङाइ ‘प्रभु, दाहेन्से ङाइ तिग लउ?’ भिसी भिमा, प्रभुसे ङादा ‘ए रेःगो ओच्छे दमस्कस शहररी निउ, एसे लतोःबा जम्मान गे थेरी पाङ्सी पिन्ना’ भिसी सुङ्जी।