Acts 22:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यस सहरमा हननिया नाउँ भएका एक जना मानिस बस्थे। उनी मोशाले दिएका व्यवस्था पालन गर्ने धर्मी मानिस थिए र दमस्कसमा बस्ने यहूदीहरू सबैले उनलाई मान-इज्जत गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हननिया भन्ने एक जना व्यवस्थाअनुसार चल्ने भक्त मानिस जसले त्यहाँ बस्ने सबै यहूदीहरूबाट आदर पाएका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए।
Nepali ERV (पवित्र बाइबल)
“दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे।
Nepali Tamang 2011
“थे शहररी हननिया भिबा मोशासे पिन्बा ठिम अन्छार भ्रबा म्हि गिक मुबा। थेदा दमस्कसरी चिबा जम्मान यहूदीगदेसे मान लमुबा।