Acts 22:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले मलाई भने, ‘तिमीले हाम्रा पुर्खाका परमेश्‍वरको इच्‍छा जान्‍न सक भनेर नै उहाँले तिमीलाई चुन्‍नुभएको छ। तिमीले धर्मी सेवक येशूलाई देख्‍न पायौ र उहाँको मुखबाट बोलिएको कुरालाई सुन्‍न पायौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि तिनले भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्‍वरले उहाँको इच्‍छा तपाईंले जान्‍न, र ती धार्मिक पुरुषलाई देख्‍न, र उहाँको मुखबाट शब्‍द सुन्‍न तपाईंलाई नियुक्त गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।
Nepali Tamang 2011
“ओच्‍छे थेसे चुह्रङ् भिसी भिजी, ‘य्‍हाङला आखे म्‍हेमेला परमेश्‍वरला सेम घोबादेन परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबा म्‍हिदा म्राङ्बारी ओच्‍छे थेसे पाङ्‌मा थेःबारी ह्राङदा धम्‍बा मुला।