Acts 22:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूले कोर्रा लाउन बाँध्‍न लाग्‍दा पावलले नजिकै उभिएको कप्‍तानलाई भने, “के रोमी नागरिकलाई दोषी नठहराई कोर्रा लगाउन पाइन्‍छ? के रोमी कानुनले यसै गर्नू भनेको छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्‍तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्‍यायसङ्गत हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?”
Nepali ERV (पवित्र बाइबल)
यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै भएन, तिम्रो कोर्रा लगाउने अधिकार छ?”
Nepali Tamang 2011
सिपाहीगदेसे पावलदा ढिला छोसे खीबारी छ्‌याइमा पावलसे ह्राङला ङामरी राप्‍सी चिबा कप्‍तानदा “तिग रोमीला ठिम अन्‍छार तिगै दोष आरेबा रोमी म्‍हिदा कोर्रासे तोबा ठीक हिन्‍ना?” भिसी ङ्‌योइजी।