Acts 22:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर सेनापति भित्र पसे र पावललाई सोधे, “के तिमी साँच्चै रोमी नागरिक हौ?” पावलले भने, “हो हजुर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्?” तिनले भने, “हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए।
Nepali ERV (पवित्र बाइबल)
सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चिनै रोमी नागरिक हौ?” पावलले जवाफ दिए, “हजुर।”
Nepali Tamang 2011
जमाहेन्से थे हाकिम खसी पावलदा “लु, ङादा पाङ्गो, ए पक्कान रोमी म्हि हिन्ना?” भिसी ङ्योइमा पावलसे “हिन्ना” भिसी भिजी।