Acts 22:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो सुन्नेबित्तिकै पावललाई केरकार गर्न आएका मानिसहरू पछि हटे। पावल रोमी नागरिक हुँदाहुँदै यसरी साङ्गलाले बाँध्न लगाएकोमा ती सेनापति पनि डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन् भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाच्डे गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।
Nepali Tamang 2011
पावलदा ङ्योइबा छार्बा लबारी तयार तबागदे जम्मान थेग्याम तुरुन्तन लिच्छापट्टि लेःजी। ओच्छे पावल रोमी म्हि चीम भिबा ताम था याङ्सी सिपाहीगदेला हाकिमएनोन लोङ्जी। तिग्दा भिसम पावलदा खीगो भिसी थेसे कुल्बा मुबा।