Acts 22:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भने, “म किलिकियाको टार्सस सहरमा जन्मिएको यहूदी हुँ, तर म यही यरूशलेम सहरमा हुर्केर गुरु गमलियलको चरणमा हुर्किएँ। हाम्रा पिता-पुर्खादेखि नै मान्दै आएको धर्मशास्त्रको शिक्षा मैले राम्रोसँग सिकेको छु। आज तपाईंहरूले परमेश्वरप्रति जति उत्साह देखाउनुभएको छ, मैले पनि त्यत्तिकै उत्साह देखाएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्वरतर्फ जति उत्साही हुनुहुन्छ, म पनि त्यतिकै उत्साही थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्वरका निम्ति हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।
Nepali Tamang 2011
जमाहेन्से पावलसे चुह्रङ् भिसी पाङ्बारी छ्याइजी, “ङा किलिकिया भिबा ग्लाला टार्सस शहररी न्हबा यहूदी हिन्ना। तर ङा यरूशलेम शहररी गमलिएल भिबा म्हिला कुरी छर्बा हिन्ना। गमलिएल गुरुग्यामनोन ङाइ य्हाङला आखे म्हेमेला ठिम अन्छार लोप्तोःबा जम्मान ताम लोप्जी। तिनी ह्राङनीसे सेमहेन्से परमेश्वरदा खाह्रङ् लसी तेन्बा मुला ङाइनोन थेह्रङ् लसीन तेन्बा मुबा।