Acts 22:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूले पावललाई किन दोष लगाएका हुन्, त्यो कुरा सेनापति बुझ्न चाहन्थे। त्यसो हुँदा भोलिपल्ट उनले मुख्य पूजाहारी र महासभाका सबै सदस्यहरूलाई बोलाएर सभा गर्ने आज्ञा दिए र पावललाई लगेर सबैका अगाडि उभ्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए सो बुझ्ने इच्छाले तिनलाई फुकाइदिए, र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे, अनि पावललाई तल ल्याई तिनीहरूका सामुन्ने खड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए।
Nepali ERV (पवित्र बाइबल)
सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महासभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।
Nepali Tamang 2011
न्हङगरदङ यहूदीगदेसे तिग्दा बिरोध लजीम भिबा ताम घोबा सेम लसी थेदा ब्लसी पिन्जी। ओच्छे परमेश्वरला मन्दिररी पूजा लबा जम्मान मुल म्हिगदेदेन यहूदीगदेला अदालतला नेतागदेदा पोप तउ भिसी कुल्जी। जमाहेन्से पावलदा अदालतरी भसी थेनीगदेला ङाच्छापट्टि राप्पुङ्जी।