Acts 22:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मैले भनेका कुरा साँचो हुन् भनेर प्रधान पूजाहारी र हाम्रो महासभाका सदस्‍यहरूले पनि भन्‍न सक्‍नुहुन्‍छ। उहाँहरूले नै मलाई दमस्‍कसमा हुने यहूदी दाजुभाइहरूको नाउँमा पत्र दिनुभयो र त्‍यस पत्रमा मलाई प्रभु येशूमा विश्‍वास गर्ने जनहरूलाई पक्रिने अधिकार मिलेको थियो। यसैकारण तिनीहरूलाई यरूशलेममा ल्‍याएर सजाय दिने उद्देश्‍यले म दमस्‍कस गएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी र जम्‍मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्‍छन्‌। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्‍यहाँ भएका विश्‍वासीहरूलाई बाँधेर यरूशलेममा ल्‍याई सजाय दिलाउन दमस्‍कसमा गएको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यु-भाईहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ । म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ। पावलले आफ्नो परिवर्तन बारे भन्छन्
Nepali Tamang 2011
ङाइ पाङ्बा चु ताम सत्‍य हिन्‍ना भिसी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदेन यहूदीगदे ह्रुप तबा दिमला गन्‍बागदेसेनोन पाङ्‌खम्‍ला। थेनीगदेसेन दमस्‍कस भिबा ग्‍लारी मुबा यहूदी ज्‍योज्‍यो आलेगदेदा चिठी भ्रिसी ङादा पुइजी। थे चिठीरी प्रभु येशूदा विश्‍वास लबागदे जम्‍मादान चुङ्बा अधिकार ङादा पिन्‍बा मुबा। थेतबासेलमा थेनीगदेदा खीसी यरूशलेमरी भसी सजाय पिन्‍बा सेमसे ङा दमस्‍कसरी निबा मुबा।