Acts 23:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही रातमा प्रभुले पावलको नजिकै आएर भन्नुभयो, “साहसी होऊ, नडराऊ! यहाँ यरूशलेममा मेरो गवाही दिएजस्तै तिमीले रोममा पनि दिनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट राती प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो। “सहासी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”
Nepali Tamang 2011
जमाकुनु म्हुनङ प्रभु पावलला ङामरी राप्सी, “पावल एसे भङ लउ। तिग्दा भिसम यरूशलेम शहररी एसे ङाला बारेरी पाङ्बा ह्रङ् लसी रोमरीनोन ङाला बारेरी पाङ्तोःला” भिसी सुङ्जी।