Acts 23:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हजुरहरूले सेनापतिलाई ‘महासभाको तर्फबाट पावलको अरू जानकारी लिन चाहन्छौं’ भनेर पावललाई किल्लाबाट झिकाइदिनुहोस्। तब महासभामा आउँदाआउँदै हामी उसलाई बाटोमै मार्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस्, र त्यसको मुद्दाको निर्णय अझ ठीक रूपले गर्नुपर्छ भन्ने बहाना बनाई त्यसलाई झिकाउनुहोस्। अनि त्यो यहाँ आउनासाथ हामी त्यसको हत्या गर्न तयार रहन्छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसंग तपाईंले धेरै प्रश्णहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी बाटोमा भई बस्नेछौं।”
Nepali Tamang 2011
थेतबासेलमा ह्राङनीदेन अदालत ढिक्सी सिपाहीगदेला हाकिमदा चुह्रङ् भिसी पाङ्गो, चुला मुद्दाला बारेरी अझ ज्यना लसी छिनब लतोःला भिबा स्होसी थेदा तेःसी भउ। ओच्छे थे चुरी खना खनान ङन्से थेदा ग्यामरीन साइला।”