Acts 23:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कप्तानले पावलको भानिजलाई सेनापतिकहाँ पुर्याइदिएर भने, “हजुर, कैदी पावलले मलाई बोलाएर ‘यो केटोको बिन्ती चढाउने केही कुरो छ’ भनेकोले यसलाई हजुरकहाँ ल्याइदिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनले त्यसलाई लिएर सेनापतिकहाँ पुर्याएर भने, “बन्दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईंकहाँ लैजानू भनेको छ, तपाईंलाई भन्नुपर्ने केही कुरा छ, अरे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए। यसकारण उनले तिनलाई सेनापतिकहाँ लगेर भने, “कैदी पावलले मलाई बोलाएर यस युवकलाई हजुरकहाँ लिएर जानू भनेर पठाए; किनकि हजुरलाई भन्नैपर्ने केही कुरा योसँग छ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”
Nepali Tamang 2011
थेतबासेलमा कप्तानसे थेदा सिपाहीगदेला हाकिम मुबा ग्लारी भोर्सी, “झ्याल्खानरी मुबा पावलसे ङादा ङ्योइसी चु भ्योन म्हिदा ह्राङ मुबा ग्लारी भोर्गो भिसी पाङ्जी। तिग्दा भिसम चुसे ह्राङदेन छ्याम तिगै ताम पाङ्बा सेम मुला रो” भिसी भिजी।