Acts 23:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हजुरले तिनीहरूको कुरा नसुन्नुहोस्! किनभने चालीस जनाभन्दा बढी यहूदीहरूले ‘पावललाई नमारी केही पनि नखाने र पानी पनि नपिउने’ भनेर शपथ खाएका छन्। तिनीहरू अहिल्यै उहाँलाई मार्न ढुकिबसेका छन् र हजुरको आज्ञाको आशामा पर्खिरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंले तिनीहरूको कुरा नमान्नुहोला, किनकि तिनीहरूमध्ये चालीसभन्दा पनि बढ़ी मानिसहरूले तिनको हत्या नगरुञ्जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन्, र अब तिनीहरू तपाईंका वचनको आशा गरी तयारीमा छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्नेछन्। पावललाई नमारेसम्म अन्नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सम्मतिको निम्ति र्पखिरहेका छन्।”
Nepali Tamang 2011
तर ह्राङसे थेनीगदेला ताम थाङ्यान्गो। तिग्दा भिसम बोगल न्ही भन्दा ल्हानान म्हिगदेसे थेदा आसाइतेधोना तिगै चबा थुङ्बा आल भिसी घ्रान फासी थेदा साइबारी ख्रुङ्सी चिबा मुला। दान्दे थेनीगदेसे ह्राङसे तिग सुङ्बा चीम थे ताम जे भ्रान्सी चिबा मुला।”