Acts 23:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल भन्‍ने यस मानिसलाई यहूदीहरूले मार्न भनेर पक्रेछन्, तर यिनीचाहिँ रोमी नागरिक रहेछन्। यो कुरा थाहा पाएर मैले आफैं सेना लिएर गई यिनको रक्षा गर्दै त्‍यहाँबाट छुटाएर ल्‍याएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस मानिसलाई यहूदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्‍ने मैले थाहा पाई फौजसँग त्‍यहाँ पुगी यसलाई छुटाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसंग गएँ अनि उनलाई बचाएँ।
Nepali Tamang 2011
चु म्‍हिदा यहूदीगदेसे चुङ्सी साइबारी छ्‌याइबा मुबा। तर चु रोमी म्‍हि चीम भिसी ङाइ था याङ्सी सिपाहीगदेदेन छ्‌याम निसी चुदा जोगब लबारी थेनीगदेला याग्‍याम फेसी भजी।