Acts 23:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरू यस मानिसलाई मार्ने दाउमा छन् भन्‍ने कुरा मैले सुनेकोले यिनलाई तुरुन्‍तै हजुरकहाँ पठाउँदै छु। यिनलाई दोष लगाउने यहूदीहरूलाई पनि हजुरकहाँ नै उजुर गर्नू भनी आज्ञा दिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस मानिसको विरुद्ध षड्‌यन्‍त्र हुँदैछ भन्‍ने कुराको सूचना मलाई दिइयो, र यसलाई तुरुन्‍तै तपाईंको सामने पठाएको छु, र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश गरेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।
Nepali ERV (पवित्र बाइबल)
मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसंग भएको दोष देखाउन पनि लगाएको छु।
Nepali Tamang 2011
चु म्‍हिदा जाल लसी साइबारी छ्‌याइबा ताम था याङ्सी ङाइ चु म्‍हिदा तुरुन्‍तन ह्राङ मुबा ग्‍लारी पुइखबा हिन्‍ना। ओच्‍छे चुदा बिरोध लबागदेदा ह्राङला ङाच्‍छापट्टि बयान पिन्‍गो भिसी ङाइ पाङ्बा मुला।”