Acts 23:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि बडा-हाकिमले भने, “त्‍यसो भए तिम्रो उजुर गर्नेहरू यहाँ आइपुगेपछि मात्र तिम्रो कुरा सुनौंला।” त्‍यसपछि बडा-हाकिमले पावललाई राम्ररी पहरा दिएर हेरोदको दरबारमा राख्‍नू भन्‍ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्‍नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्‍नू भनी हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।
Nepali Tamang 2011
थेसे “एदा दोष लबागदे खमाहेन्‍से ङाइ एला मुद्दा च्‍याला” भिसी भिजी। ओच्‍छे पावलदा हेरोद ग्‍लेसे स्‍होबा ग्‍लेखाङरी थान्‍गो भिसी कुल्‍जी।