Acts 23:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भने, “दाजुभाइहरू हो, उहाँ नै प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। आफ्ना मानिसहरूमाथि अधिकार गर्ने प्रधानको विरोधमा नराम्रो कुरा बोल्नुहुँदैन भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा म जान्दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्ना जनताका शासकको खराबी नबोल्नू’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”
Nepali ERV (पवित्र बाइबल)
पावलले भने, “दाज्यु-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’
Nepali Tamang 2011
पावलसे थेनीगदेदा “ङाला ज्योज्यो आलेगदे, थे परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हि हिन्ना भिबा ङादा था आरेबा। तिग्दा भिसम ‘एसे ह्राङला य्हुलला नेताला बारेरी नइबा ताम थापाङ्गो’ भिसी परमेश्वरला बचनरी भ्रिबा मुला” भिसी भिजी।