Acts 23:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महासभामा सदुकी र फरिसी समूहका मानिसहरू बसेका छन् भन्‍ने कुरा जानेर पावलले ठूलो सोरमा भने, “दाजुभाइहरू हो, म फरिसीको छोरा फरिसी नै हुँ। मरेको मानिस फेरि बिउँतनेछन् भन्‍ने आशा राखेकाले यहाँ मेरो मुद्दा चलिरहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन्‌ भन्‍ने थाहा पाएर पावलले उच्‍च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्‍थानको कारण मेरो मुद्दा चलिरहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”
Nepali ERV (पवित्र बाइबल)
सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्‌दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”
Nepali Tamang 2011
तर अदालतरी सदुकीगदेला समूहदेन फरिसीगदेला समूह चीम भिबा था याङ्सी पावलसे “ज्‍योज्‍यो आलेगदे, ङा फरिसीला कोला फरिसीन हिन्‍ना। ङाइ सिबागदे दोःसी सोला भिसी आश लबासे लमा ङादा चु मुद्दा तबा हिन्‍ना” भिसी भिजी।