Acts 23:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले गर्दा महासभामा ठूलो होहल्ला मच्चियो। फरिसी समूहका केही धर्म-गुरुहरूले उभिएर सदुकीहरूको घोर विरोध गर्दै भने, “हामी त यो मानिसको कुनै दोष नै देख्तैनौं। यी मानिससँग कुनै आत्मा वा स्वर्गदूतले बोलेका नै हुन् भने के भयो त!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ ठूलो होहल्ला मच्चियो, र फरिसी दलका कोही शास्त्रीहरू खड़ा भएर यसो भन्दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्मा वा स्वर्गदूतले यिनलाई यसो भनेका हुन् भने के त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ ठूलो खैलाबैला मच्चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?”
Nepali ERV (पवित्र बाइबल)
ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र र्तक गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौ। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसंग बोल्यो होला!”
Nepali Tamang 2011
जमाहेन्से थेरी ल्हानान हल्ली खल्ली तजी। थेतबासेलमा फरिसी समूहला कोइ कोइ धर्मगुरुगदे राप्सी सदुकीगदेला बिरोध लबान, “ङन्से चु म्हिला तिगै दोष आस्याप्नी। तर आत्मा अथवा स्वर्गदूतसेन चु म्हिदा चुह्रङ् पाङ्बा हिन्सम तिग तजी?” भिसी भिजी।