Acts 24:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बडा-हाकिमले पावललाई बोल्‍ने आज्ञा दिएपछि पावलले यसरी भने, “मलाई थाहा छ, हजुर धेरै वर्षदेखि यस देशको बडाहाकिम र न्‍यायाधीश हुनुभएको छ। त्‍यसो हुँदा हजुरको अगाडि मलाई आफ्‍नो बयान दिनलाई उत्‍साह बढेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाकिमले तिनलाई बोल्‍ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्‍यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्‍नो पक्षमा सहर्ष बोल्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्दछु।
Nepali ERV (पवित्र बाइबल)
राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु।
Nepali Tamang 2011
अञ्‍चलाधीशसे पावलदा ताम पाङ्‌पुङ्‌माहेन्‍से पावलसे चुह्रङ् भिसी पाङ्जी, “ह्राङ ल्‍हानान दिङहेन्‍से यहूदी य्‍हुलला मुल हाकिमदेन न्‍यायाधीश हिन्‍ना भिबा ताम ङाइ था याङ्जी। थेतबासेलमा ह्राङला ङाच्‍छापट्टि ङादा बिरोध लबा तामला बारेरी पाङ्‌म्‍याङ्‌मा ङा ल्‍हानान ताङ्‍बा मुला।