Acts 24:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले कसैसँग मन्‍दिरमा झगडा गरिरहेको कुनै यहूदीले पनि देखेको छु भन्‍ने दाबी गर्न सक्‍दैन, नता तिनीहरूले मलाई हाम्रा सभाघरहरूमा वा सहरमा कतै मानिसहरूलाई उत्‍पात मच्‍चाउन सुर्‍याएको देखेका नै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्‍दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा सहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्।
Nepali ERV (पवित्र बाइबल)
यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसंग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन।
Nepali Tamang 2011
ओच्‍छे चुगदेसे ङाइ खालै म्‍हिगदेदेन छ्‌याम छलफल लबाएनोन स्‍याप्‍बा आरे। ओच्‍छे परमेश्‍वरला मन्‍दिरदेन यहूदीगदे ह्रुप तबा दिमरी ओच्‍छे शहररी हुल दङगा लबाएनोन स्‍याप्‍बा आरे।