Acts 24:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एशिया इलाकाबाट आएका कति जना यहूदीहरूले मलाई मन्दिरमा देखे। यदि तिनीहरूको मेरो विरुद्धमा केही कुरा छ भने तिनीहरूले नै हजुरकहाँ आएर उजुर गर्नुपर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यहाँ हजूरको सामुन्ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसंग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने
Nepali Tamang 2011
तर एशिया भिबा ग्लाग्याम खबा कोइ कोइ यहूदीगदेसे ङादा परमेश्वरला मन्दिररी म्राङ्बा मुबा। चुदे ङाला बिरोधरी तिगै ताम पाङ्तोःबा मुसम थेनीगदे चा ह्राङ मुबा ग्लारी खसी ङाला बिरोधरी उजुर लदोमुबा।