Acts 24:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावललाई बडा-हाकिमका अगाडि ल्याएपछि तर्तुल्लसले उनको विरोधमा यसरी वकालत गर्दै भने— “माननीय फेलिक्स, हजुर बुद्धिमान् बडा-हाकिम हुनुहुन्छ र हामीमा सधैँ सुख-शान्ति छ। हाम्रो देशको भलाइको लागि हुनुपर्ने सुधार पनि श्रीमान्को अनुग्रहले गर्दा भइ नै रहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल त्यहाँ झिकाइएपछि तर्तुल्लसले तिनलाई यसो भन्दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्स, हजूरबाट हामीले ठूलो शान्ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्ति सुधारहरू सुरु गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावल त्यहाँ बोलाइए, तर्तुल्लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ।
Nepali ERV (पवित्र बाइबल)
पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले, “महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूरर्दशिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए।
Nepali Tamang 2011
पावलदा थेरी भमाहेन्से तर्तुल्लससे थेला बिरोध लसी चुह्रङ् भिबारी छ्याइजी, “माननीय फेलिक्स ह्राङग्याम ङन्से ल्हानान शान्ति याङ्बा मुला। ओच्छे ह्राङसे ङन्ना य्हुलला लागिरी ल्हानान ज्यबा गेगदे लबा मुला।