Acts 24:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खालि एउटै कुरामा मात्र तिनीहरूले मलाई दोष लगाउन सक्लान्। त्यो के हो भने, ‘मरेका मानिस फेरि बिउँतनेछन् भन्ने कुरामा मैले विश्वास गरेकोले यहाँ मेरो मुद्दा चलिरहेछ’ भनेर मैले ठूलो सोरमा कराएको थिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्थानको विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरूको पुनरुत्थान हुन्छ भन्ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।”‘
Nepali Tamang 2011
तर ङाइ थेनीगदेला ङाच्छा क्रिङ्सी चु ताम जे पाङ्बा हिन्ना, ‘सिबागदे दोःसी सोला’ भिसी विश्वास लबासे लमा तिनी ह्राङनीला ङाच्छा ङादा चु मुद्दा तबान मुला।”