Acts 24:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेलिक्सलाई मुक्तिको बाटोको बारेमा राम्ररी थाहा थियो। त्यसो हुँदा उनले भने, “अब तपाईंहरूको उजुरी सेनापति लुसियस आउनुभएपछि मात्रै विचार गरूँला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस मार्गको विषयमा फेलिक्सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।”
Nepali Tamang 2011
चु तामला बारेरी फेलिक्सदा जम्मान ताम था तबासे लमा थेसे चु ताम थेःमाहेन्से पावलदा बिरोध लबागदेदा “सिपाहीगदेला हाकिम लुसियस चुरी खमाहेन्से ङाइ एनीगदेला मुद्दा छिनब लसी पिन्ना” भिबा स्होसी पुइजी।