Acts 24:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनेर फेलिक्‍सले कप्‍तानलाई ‘पावललाई राम्ररी पहरा दिएर राख्‍नू, तर उनलाई चाहिने कुरा पुर्‍याउने साथीहरूलाई चाहिँ नरोक्‍नू र उनलाई बेसी कडाकडी नगर्नू’ भन्‍ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनले पावललाई पहरामा राख्‍नू र तिनलाई केही स्‍वतन्‍त्रता दिनू, अनि तिनका कुनै पनि मित्रलाई तिनका खाँचोका कुरा पूरा गर्न नरोक्‍नू भनी कप्‍तानलाई आज्ञा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले एउटा सेनापतिलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता भने दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु। पावल फेलिक्स र उहाँको पत्नीसंग बोल्दछन्।
Nepali Tamang 2011
जमाहेन्‍से फेलिक्‍ससे कप्‍तानदा “पावलदा ज्‍यना लसी ख्रुङ्‌सी चिउ, तर थेदा ल्‍हानान कडाएनोन थालउ। ओच्‍छे थेदा तोःबा स्‍हेगदे थेला ह्रोगदेसे पिन्‍बारी खमा थेला ह्रोगदेदा रोकब थालउ” भिसी कुल्‍जी।